Monday, June 20, 2011

जिन्दगीका


भत्किए मनोरम पाटाहरु जिन्दगीका
बन्द हुदाँ लक्ष्य पुग्ने बाटाहरु जिन्दगीका
नाफा नामको शब्द भन्ने छैन मेरो डायरीमा
थकित भाछु हिसाब गर्दा घाटाहरु जिन्दगीका
देखिदैनन मन भित्रका दर्दनाक चोटहरु
आलै छन घाउ अनि खाटाहरु जिन्दगीका
माया थियो खुसी थियो सानो मेरो संसार थियो
कहा बाट सुरु भए फाटाहरु जिन्दगीका
थोरै मेरो खुसी पनि दैबले नै हरेपछी
बढ्‌दै गाछन रोदन अनि सन्नाटाहरु जिन्दगीका ॥

Popular Posts

DUTY LOCATION