मलाई पर्दा मेरो भन्ने कोहि हुन्न रैछन ,
आँशु झर्दा आफै सँग कोहि रुन्न रैछन ,
हासी खुशी छाती माथी बस्न धेरै आए,
चोट पर्दा फेरी यो दिल कोहि छुन्न रैछन,
कठोर भई झरी पनि कहिले रुझाउँछ,
दाग लाग्दा हृदयमा कोहि धुन्न रैछन,
मलाई पर्दा मेरो भन्ने कोहि हुन्न रैछन ,
आँशु झर्दा आफै सँग कोहि रुन्न रैछन