कल्पनाले
मलाई छोयो
यो
दिल कसैको यादमा रोयो
एकलास
बाटोमा बढिरहेछु
भएर
एक्लै डराईरहेछु
शून्यता
व्याप्त छ भयंकर
साथी,
एक अकेला म रईरहेछु
छातीभित्र
जलिरहेछ मुटु
सास
उड्ने दिन पर्खिरहेछु
कैलेकाहीँ
झझल्को बनी तिमी सुम्सुम्याईदिन्छ्यौ
आयौ
कि तिमी भनी जलनमा हाँस्छु
दिलले
चाहेछु क्यारे तिमीलाई मैले
खोजिरहेछु
लक्ष्यविहिन भएर ऐले
तिमी
आए दिलमा घर बनाउँला
नआए
उजाड भई प्रेमको गीत गाईरहूँला