भत्किए मनोरम पाटाहरु जिन्दगीका
बन्द हुदाँ लक्ष्य पुग्ने बाटाहरु जिन्दगीका
नाफा नामको शब्द भन्ने छैन मेरो डायरीमा
थकित भाछु हिसाब गर्दा घाटाहरु जिन्दगीका
देखिदैनन मन भित्रका दर्दनाक चोटहरु
आलै छन घाउ अनि खाटाहरु जिन्दगीका
माया थियो खुसी थियो सानो मेरो संसार थियो
कहा बाट सुरु भए फाटाहरु जिन्दगीका
थोरै मेरो खुसी पनि दैबले नै हरेपछी
बढ्दै गाछन रोदन अनि सन्नाटाहरु जिन्दगीका ॥