Monday, May 16, 2011

बरसातमा


खडेरी सहेको विरुवा पो झुम्छ बरसातमा
साँचेर राखेको तिर्सना त्यो धुन्छ बरसातमा
पिरती गहिरो गाडेछ शायद विछोडले
टिपेर एक एक बूँद त्यो चुम्छ बरसातमा
जति नै जले पनि चाहना तापको छ आखिर
फर्किने घामको आश ज्यूँदो नै हुन्छ बरसातमा
दुखमा रमाउन जान्ने  जीवन पो त जीवन
तेज हुरी सँगै रमाएर झन्  झुल्छ बरसातमा

No comments:

Popular Posts

DUTY LOCATION