यो मेरो वास्तविक घटना हो जुन कुरा मैले आफ्नो सैली मा लेखेको छु र यो हाम्रो श्री मुक्ति मार्ग उच्च माध्यमिक बिधालय बाट भूतपूर्व बिधार्थीहरुले बार्षिक प्रकासित पुस्तक "परिवर्तन " को लागि लेखेको थिए र यो पुस्तक त सबै जनाले पढन त सक्नु हुदैन तेसैले गर्दा आज म यो मेरो लेखलाइ मेरो यो blog मा प्रकासित गर्दछु । तपाई हरुलाइ जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनु होला जसले गर्दा आउदा मेरा लेख हरुमा कुनै गल्ति , त्रुटी नहुन
मानिस जति आत्मीय भयो उति टाढा सम्म
झझल्कोले पच्छाइरहन्छ पछि सम्झना मात्र शेष रहन्छ , अनि समयले सम्झनाको आलो घाँउहरुमा
खाटा बसाल्दै जान्छ भने कहिले फेरी खाटा बसेको घाउलाई पुन; बल्झाइदिन्छ । भनिन्छ नि
भावना ग्रस्त मन कम्जोर हुन जान्छअनि त कतै पातहरु हल्लिदा पनि मनमा
घाउ लाग्छ । सायद कसैको अभाबले होला कुनै अदृस्य सुइरो मर्म
भित्र रोपिदै गैरहेको जस्तो पीडाको एक बाक्लो मुल्सो मुटुदेखि
उठेर आखाँका दुवै ढोका घचघचाउदै बाहिर निकास
पाउनको लागि लडिबुडी खेलिरहेका थिए तर म आफ्नो दुवै ओठ
टम्म पारेर आफुलाई रोकिरहेको थिए क्षण क्षणमा
बत्तियर बिगतलाइ सम्झाई रहेने मन लाइ , बितेका पुराना
कुराहरु उग्रौदा मन हल्का हुन्छ भन्छन तर मलाई पीडादायी बनेको
थियो , यतिकै मा कता कता टड्कारो
आवाज सुनीएको झैँ लागि रहेको थियो जुनकि म संग
लामो समय देखी आत्मीय नाता जोडेर चिर परिचित
थियो ।
होइन !!!!! आज बाहिर रोडमा गाडीहरु
चलेको पनि कस्तो हल्ला सुनीएको होला सदाको भन्दा आज
त्यो आवाजहरु अनैठो लागिरहेको थियो, निन्द्रा नलागेर मा
आफ्ना आँखाहरुलाइ यता उता डुलाइरहेको थिए मनमा
हजारौ कुराहरु खेलिहरेका थिए , मा आफै संग पक्ष बिपक्ष बनेर ,एक पक्ष संघर्स ,बिद्रोहलाइ प्रथामिकता दिइरहेको
थियो त अर्को मन समस्या बाट मुक्ति र स्वतन्त्र हुन चाहन्थ्यो ,
पिंजडाको पन्छी झैँ होइन खुल्ला बिसाल आकाशमा
नाच्दै गरेको पन्छी झैँ । आज सुत्नु पूर्व पनि मनमा अलि कुरा
खेलाएको थिए सायद तेसैले हो या आजको लागि निन्द्रालाई म
बाट प्रतिबन्ध लगाइएको हो बिल्कुल निन्द्रा आउने सम्भावना
मा संग थिएन ,सिसाका झयालहरुमा पर्दा लगाउन पनि भुलेछु
तेसैले गर्दा रोडमा झुन्डिएका बत्तिको उज्जालो प्रकाश मेरो कोठाको भित्तामा
परिरहेको थियो मा एकनासले भित्ता तिर नै हेरिरहेको थिए ।
क्षणमा हल्का अध्यारो हुन्थ्यो त क्षणमा नै एकदम उज्जालो हुदै थियो । मलाई यस्तो लाग्दै थियो कि यसले पनि
मलाई जिस्काउदै छ अनि झुटो आश्वासन दिदैछ । कता कता भित्तामा अनौठा ,डरलाग्दा भ्रमात्मक आकृतिहरु देखिएका थिए, कोहि आफ्नो गन्तब्य खोज्दा खोज्दा बाटो नपाएर रुमालिदै
थिए म आफुले ति आकृतिहरु संग आफैलाई तुलना गर्दै एकनासले टोलाएर
अबलोकन गर्दै थिए । खै मन चित्त कहाँ थियो आज कोठाको समान पनि मिलाएको पनि
रहेनछु यत्र तत्र छरिएका रहेछन जुनकी मेरो जिन्दगि संग मेल खान्थ्यो ।
मध्य रात भयो मलाई निन्द्रा लागिरहेको थिएन कोठा सुनसान थियो
सबै साथीहरु मस्त निन्द्रामा थिए , किन किन मेरो मन कुहिरोको काग झैँ
अनन्त आकाशमा रुमलिएको थियो ।जता हेरे पनि सुन्यताका आकृतिहरु प्रतिबिम्बित
हुन्थे , प्रत्यक कुना कुनामा छरिएका चिज माथि
मेरो नजर घुमिरहेको थियो म एकदम भाबुक बनेर भित्रि गहिराइमा डुबेर अध्यन गर्दै थिए यहाँ सम्म कि
मेरो भाषा यिनीहरु बुझ्दैछन अनि मा यिनी हरुको भाषा , हामी हरु बिच एक-आपस कुराकानी भयको जस्तो मलाई महसुस हुदै थियो
तर खै किन हो कुन्नि सबै मा एउटै भ्रममात्मक आकृति र झुटो आस्वासन देखिन्थो , सुनेको थिए विश्वास भनेको
सिसा जस्तै हुन्छ एकपटक टुटे पनि पुन :जोडेर काम काट्दैन सायद
आज मलाई पनि तेस्तै भएको होला ति सबै चिज मा पनि
बिस्वासको थिएन । यसो घडी हेरेको त करिब
बिहान हुनलागेको रहेछ , नजिकको टेबुलबाट पानीको बोतल उठाए अलि
कति पानि पिएर फेरी निदाउने चेस्टा गरे कहिले कहिँ त निदाउन बडो
कठिन हुदोरहेछ आँखा लोलाईरहे पनि कान चंख नै हुदा रहेछन र मन मा
नाना थरिका अतितका कुरा खेली रहेका थिए । मलाई लामो समय
देखि एउटा कुराले नै सताई रहेको थियो , रात मा सपना भनेर त दिनमा अविस्मरणिय क्षण भनेर जुन कुरा
पुरा गर्नु थियो तर आफ्नो बाधय्ता र परिस्तिथिको सिकार
भएकोले अधुरो छोडेको थिए .। मनमा यस्तै यस्तै नाना भातिका कुरा
उथलपुथल हुदै थियो निन्द्राको त कुरा नै थिएन रोडमा झुन्डिएका
बत्ति पनि बिस्तारै मधुरा हुदै थिए , कता बाट मेरा आँखा
भित्तामा झुण्डाएको घडीमा पुगेछन करिब करिब डिउटी
जाने बेला पनि हुन लागेको रहेछ के गर्नु रात भरि निन्द्रा नलागेर होला
आज डिउटी जाने बिल्कुल मन त थिएन तर पनि आफ्नो सबै कुरा तयार
पारि तेहाँ तर्फ लागे ।
email gclok_1658@yahoo.com, kycpokhare@gmail.com
phone no +97339789277 begin_of_the_skype_highlighting +97339789277 end_of_the_skype_highlighting,+97336334963 begin_of_the_skype_highlighting +97336334963 end_of_the_skype_highlighting
No comments:
Post a Comment