Saturday, July 28, 2012

आज किन


अनायसै आज किन भरिएछ गह पनि
सुकाउँछु भन्दा भन्दै छल्की दियो दह पनि

भरिएको गह बोकी बाटो खोज्दा अध्यारोमा
धर्ती किन उज्याल्दैन? यही बेला टह पनि

टहै बिना भए पनि भाग्य कोर्छु भनेकोथेँ
ठेस लाग्यो त्यहीनिर पोखियो कि सह पनि

छल्किएका दहहरु साम्य शान्त पार्छु भन्दा
सधैं हलचल हुन्छ किन?मेरो मात्र बह पनि

दर्जा श्रेणी के के मिलान भन्छन आज मान्छेहरु
देखिन त कुन होला मेरो आफ्नो तह पनि

Tuesday, May 1, 2012

जिन्दगी को यात्रा


जिन्दगी को गोरेटो मा भौतारिदै हिंडे
जिबन भन्नु सँगर्श रहेछ बल्ल मैले चिने
जिन्दगी को यात्रा पनि साह्रै लामो हुदो रैछ
कस्लाई के था गन्तब्य मा कसो गरी पुग्ने हैछ
कस्ट्कार यात्रा मेरो सह यात्री कोही पाईन
सान्तोना का दुई शब्द बोली दिने कोही छैन
जेन तेन जिन्दगी को आधा यात्रा काटी सके
... अब बाँकी यात्रा पनि येक्लै काट्ने आटी सके

Saturday, February 4, 2012

रुनुको पीडा

सम्झेर कसैलाई रुनुको पीडा
पाएर सबै केहि नहनुको पीडा
बिषाक्त यो प्रहर बिचमा
तिम्रो तस्बिर छुनुको पीडा
चिथोरि घाउ चीच्चाई आफै
नुनीला आँखा धुनुको पीडा
जलेको मुटु बोकेर छातीमा
कसैलाई माया दिनुको पीडा
शुन्य भै बिबेक चकमन्न सबै
मुटुको चाल रोकिनुको पीडा

Popular Posts

DUTY LOCATION