टुक्रिएर फेरी आफै डोरिएका हातहरु
मुटुभरी पिडा सही घोरीएका रातहरु
छताछुल्ल पारिदिउकि जमघटमा रोइदिउजीवन भयो पातैपात सोरीएका खातहरु
सहिदिउला निधारमा कोरीएको रेखाहरु
नसकेर विरहमा फोरीएका बातहरु
भात्किगए रहरहरु अभिसाप जिन्दगीका
सफलताको खोजी गर्दा जोरीएका घातहरु
टुक्रिएर फेरी आफै डोरिएका हातहरु
मुटुभरी पिडा सही घोरीएका रातहरु
No comments:
Post a Comment