जीवन देखि म त हारेको मान्छे
समयले चेपमा पारेको मान्छे
झुपडीमा ओत नपाएरै हो नी
सडक तिर बसाई सारेको मान्छे
बटुवाले झनै के लाउथे नजर
आफ्नाले नै माया मारेको मान्छे
हासो खुशी के हो चिनीन कैले
दु:खले हजुर खारेको मान्छे
कहाँ हुन्थ्यो स्वाप्ना देखेर मात्रै
भाग्यले नै हरे टारेको मान्छे
No comments:
Post a Comment